Latest Updates!

फुटबल स्ट्राइकर बिमल घर्तीको बहिनी मृत फेला

Written By Unknown on Wednesday, May 25, 2016 | 9:06 PM

बैशाख १३, नवलप्रासी । फुटवल स्ट्राईकर विमल घर्ती मगरकी बहिनी मनिषा घर्ती मगर मृत अवस्थामा फेला परेकी छन् । बिहान नवलपरासी बर्दघाट भुताहामा रहेको घरमा घर्तीको शव फेला परेको हो । बर्दघाट ८ भुताहा चोक बाट डेढ किलोमिटर दक्षीण तर्फ गएराती भएको घटना बिहान मात्र थाहा भएको हो । बिहान परिवारका सदस्यले ढोका खोल्दा मनिषा मृत देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा भर्खर प्रहरी पुगेको छ । १५ बर्षीय घर्तीको हत्या हो अथवा आत्महत्या भन्ने बारेमा अनुसन्धान गरीने ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी प्रमुख श्याम सुन्दर केसी ले जानकारी दिनुभयो । अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोली खटिएको छ । थप जानकारी आउन बाँकी नै छ ।

पर्खालमा पहिलोपटक पुग्यो रिलेशन, १६० बढिको स्वास्थ्य परिक्षण

जेठ १२, पर्खाल । रिलेशन एफ ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सवको साताब्यापी कार्यक्रमअन्तर्गत चितवनको अति नै बिकट स्थान लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा लोथर गाविस वडा नं. १ पर्खालसँगै वडा नं. २, ७, ८ र मकवानपुर जिल्लाको काँकडा गाविसका विभिन्न वडाका जनता लाभान्वित भएको कार्यक्रम संयोजक ज्ञानेन्द्र तामाङले जानकारी दिनुभयो । मंगलबार र बुधवार भएको शिविरमा १६० भन्दा बढि स्थानीयको स्वास्थ्य परिक्षण गरिएको उहाँले बताउनुभयो । शिविरमा अधिकांश कुपोषण र सरसफाईको कमीका कारण संक्रमित बिरामीहरु भेटिएको स्वास्थ्य परिक्षणमा संलग्न चिकित्सक डा. भोजराज खनालले बताउनुभयो । उहाँले यस्तो बिकट गाँऊमा पुगेर डाक्टर र अस्पतालको पहुँचबाहिर रहेका बिरामीहरुलाई सेवा गर्न पाउदा अत्यन्तै खुशी लागेको बताउनुभयो ।

शिविरमा स्वास्थ्य परिक्षण सुरु हुनुअघि मंगलबार एक औपचारिक कार्यक्रम गरिएको थियो । एफएमका अध्यक्ष अनिल अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा बोल्ने बक्ताहरुले अस्पतालको पहँुच नपुगेका र अस्पतालसम्म आइपुग्न घण्टौ लाग्ने बिकट ठाँऊमा एफएमले पुर्याएको निशुल्क सेवाको प्रशंसा गरेका थिए । त्यस्तै एफएमका अध्यक्ष अधिकारीले हालसम्म कुनै पनि संघ संस्थाले पर्खालमा यस्तो सेवा नदिएको बताउदै आफुहरुले केहि नयाँ गर्न सफल भएकोमा गर्व लागेको बताउनुभयो । त्यस्तै एफएमका प्रवन्ध निर्देशक रमेश लोहनीले निकै कठिन र जोखिमपुर्ण यात्रा गर्दै पर्खाल पुग्न सफल भएको र यो एफएमकै एैतिहासिक सफलता भएको बताउनुभयो ।
एफ एमले बार्षिकोत्सवअन्तर्गत बुधवार रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम गरिएको थियो । सो कार्यक्रम बिहिबार पनि जारी रहने एफएमका अध्यक्ष अधिकारीले बताउनुभयो । त्यस्तै बिहिबार नै अन्तर बिद्यालय शिक्षक स्तरिय कार्यक्रम आयोजना गरिने बताइएको छ । एफएम यहि जेठ १५ गतेबाट दोस्रो बर्षमा प्रवेश गर्दैछ ।

रिलेशन एफएमद्धारा ट्राफिक जनचेतना कार्यक्रम

Written By RaAz Shah on Monday, May 23, 2016 | 8:36 AM

जेठ १०, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा रहेको रिलेशन एफएम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित  सप्ताहब्यापी कार्यक्रमअन्तर्गत सोमबार दोस्रो दिन सौराहचोकमा ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।  साँझ ५ बजेबाट सुरु भएको सो कार्यक्रम झन्डै   डेढघण्टा चलेको थियो । कार्यक्रमको उदघाटन जिल्ला ट्राफिक कार्यलय चितवनका प्रमुख राजन भेटवाल र   इलाका प्रहरी कार्यलय टाँडिका प्रहरी नायव उपरिक्षक जयराज सापकोटाले सडकमा चलिरहेको सवारी साधनमा चेतनामुलक स्टीकर टाँसेर गर्नुभएको थियो । सो क्रममा ट्राफिक प्रमुख भेट्वालले सार्वजनिक सवारी साधनमा ट्राफिक चेतनाको कमी भइरहेको बेला एफएमले गरेका काम सरहानीय रहेको बताउनुभयो । त्यस्तै इलाका प्रहरी कार्यालय टाँडिका प्रमुख सापकोटाले मिडियाले गरेको कामलाई जनताले बिश्वास गर्ने बताउदै अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको निरन्तरताको कामना गर्नुभयो । उहाँहरुले रिलेशन एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गर्न लागेकोमा शुभकामनासमेत ब्यक्त गर्नुभयो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी लगायत सम्पुर्ण कर्मचारी तथा स्थानीयहरुको उत्साहजनक सहभागीता रहेको थियो । उहाँहरुले केहि हदसम्म भएपनि ट्राफिक चेतना जगाउनका लागि एफएमले सो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।

बार्षिकोत्सव कार्यक्रमअन्तर्गत मंगलबार चितवनको बिकट पहाडि गाबिस लोथर १ पर्खालमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिएको छ । साताब्यापी कार्यक्रम जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।  

भुटानमा नेपाली खेलाडी भए उत्कृष्ट

भुटानःदोश्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप तथा प्रथम अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा नेपालकी पार्वती गुरुङ उत्कृष्ट खेलाडी घोषित भएकी छन् । नेपालबाट प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका नोर्बु लामाले जनाए अनुसार पार्वतीले सिनियर महिलाको ५३ केजीमुनि स्वर्ण तथा सिनियर पेयर पुम्सेमा रजत जितिन् । पेयर पुम्सेमा पार्वतीले शिशिर श्रेष्ठसंग मिलेर रजत जितेकी हुन् । त्यस्तै सिनियर महिलाको ४६ केजीमुनि एन्जिला योञ्जन पनि स्वर्ण जित्न सफल भइन् । सिनियरमै महिला ४९ केजीमुनि सुस्मिता थापाले कांस्य तथा पुरुष ५६ केजीमुनि शिशिर श्रेष्ठले रजत र ७२ केजीमुनि अर्जुन क्षेत्रीले कांस्य हात पारे । जुनियर महिलाको ३१ केजीमुनि सुप्रिया तिमिल्सनाले रजत र ३४ केजीमुनि सितुसिंह मास्केले कांस्य हात पारे । जुनियर येल्लो बेल्ट पुम्सेमा सीतुले रजत तथा सुप्रियाले कांस्य जिते । प्रतियोगिता भुटानको थिम्पुमा मे २० देखि २२ तारिखसम्म सञ्चालन भएको थियो ।

बार्षिकोत्सव कार्यक्रम समुदघाटन, ५५ जनाद्धरा रक्तदान

Written By Unknown on Sunday, May 22, 2016 | 7:11 AM

जेठ ९, रत्ननगर । पुर्वी चितवनको सौराहाचोकमा अवस्थित रिलेशन एफ एम ८८ मेगाहर्जको प्रथम बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिएको छ । आइतबार एफएम परिसरमा एक बिशेष समारोहका बीच विभिन्न साताब्यापी कार्यक्रमहरुको समुदघाटन गरिएको हो । कार्यक्रममा एफएमका अध्यक्ष अनिल अधिकारी, प्रबन्ध निर्देशक रमेश लोहनी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनका सभापति ज्ञानशाली न्यौपाने र रत्ननगर उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष ज्ञान बहादुर बिसुरालले संयुक्त रुपमा ब्यानर प्रदर्शन गरि बार्षिकोत्सव उदघाटन गरिएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले एफएमले सफलतापुर्वक पहिलो बर्ष पार गरि दोस्रो बर्ष प्रवेश गरेकोमा शुभकामना ब्यक्त गरेका थिए । प्रमुख अतिथिसमेत रहनुभएका नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले एफएमले बार्षिकोत्सवमा आयोजना गर्न लागेको सबै कार्यक्रम महत्वपुर्ण रहेकाले सफलताको कामना गर्नुभयो । आइतबार नै आयोजित रक्तदान कार्यक्रमतर्फ लक्षित गर्दै उहाँले अहिलेको समयमा रगतको चरम अभाव रहेको र एफएमले गरेको रक्तदान कार्यक्रमको उच्च प्रशंसा गर्नभयो । त्यस्तै बिशिष्ट अतिथि ज्ञानबहादुर बिसुरालले एफएमले समाजमा पुर्याएको योगदानको चर्चा गर्दै अझै उच्च सफलता हासिल गर्न शुभकामना ब्यक्त गर्नुभयो । 
यसैबीच बार्षिकोत्सवअन्तर्गत साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदानमा  ५५ जनाले रक्तदान गरेका छन ।  बिहान ८ बजेबाट सुरु गरिएको रक्तदानमा एफएमका अध्यक्ष अनिल अधिकारी र प्रबन्ध निर्देशक रमेश लोहनीले रक्तदान गरि सुरुवात गर्नुभएको थियो । कार्यक्रममा विभिन्न स्रोता, बिज्ञापनदाता एवं कर्मचारीहरुले उत्साहपुर्वक रक्तदान गरेको रक्तदानका कार्यक्रमका संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । अहिलेको समयमा चौतर्फि रगत अभाव देखिने गरेको र रगत संकलन निकै कम हुने गरेकोले बार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको उहाँको भनाई छ ।

एफएमले बार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि सोमबार सौराहाचोकमा ट्राफिक जनचेतना कार्यक्रम गर्दैछ । विविध कार्यक्रम गर्दै एक सातासम्म मनाइने बर्षिकोत्सवको अन्तिम दिन यहि जेठ १५ गते एफ एम प्रसारणको गौरवमय दुई बर्ष पुग्दैछ । एफ एम गत बर्ष जेठ १५ गतेबाट प्रसारणमा आएको थियो । 

बार्षिकोत्सव कार्यक्रमको सबै तयारी पुरा

Written By Unknown on Saturday, May 21, 2016 | 5:13 AM

जेठ ८, रत्ननगर । रिलेशन एफ एम ८८ मेगाहर्जको गौरवमय प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित विविध साताब्यापी कार्यक्रमहरुको सम्पुर्ण तयारी पुरा भएको छ । भोलि अर्थात जेठ ९ गतेबाट सुरु हने विविध साताब्यापी कार्यक्रमहरुलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि सम्पुर्ण तयारी पुरा भएको एफएमका अध्यक्ष अनिल अधिकारीले बताउनुभयो । उहाँले सम्पुर्ण कर्मचारी, शेयर सदस्य तथा सञ्चालकहरुको सक्रियतामा साताब्यापी कार्यक्रम उल्लासमय ढंगले सम्पन्न गरिने बताउनुभयो । उहाँले साताब्यापी कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विभिन्न कार्यक्रमहरुको जिम्मेवारी समेत बाँडफाँड गरिएको जानकारी दिनुभयो । जसअनुसार पहिलो दिन खुल्ला रक्तदान कार्यक्रमको जिम्मेवारी सरोज अधिकारीलाई, स्वास्थ्य शिविर कार्यक्रमको जिम्मेवारी ज्ञानेन्द्र तामाङलाई, अन्तरबिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिताको जिम्मेवारी राजन दिल गूरुङलाई र खुल्ला गजल प्रतियोगिताको जिम्मेवारी राज प्रणय, अम्बिका बसौला र गोपाल बिश्वकर्मालाई दिइएको छ । यसबाहेक ट्राफिक जनचेतना कार्यक्रम, रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम र बृहत साँस्कृतिक उत्सव २०७३ को ब्यवस्थापन भने संस्थाका सबै कर्मचारीको सक्रियतामा गरिने अध्यक्ष अधिकारीले बताउनुभयो । उहाँले एफएमको जुझारु कर्मचारीलाई परिचालन गरि प्रथम बार्षिकोत्सव भव्य बनाउने उद्देश्यले कर्मचारीलाई जिम्मेवारी बाँडिएको बताउनुभयो । 
यसैबीच भोलि जेठ ९ गते एफ एमको गौरवमय प्रथम बार्षिकोत्सवको समुदघाटन हुदैछ । भोलि बिहान ७ बजे एक बिशेष समारोहको आयोजना गरि भव्य रुपमा साताब्यापी बार्षिकोत्सव कार्यक्रमको समुदघाटन गरिने एफएमका प्रबन्ध निर्देशक रमेश लोहनीले जानकारी दिनुभयो । जसका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको उहाँले बताउनुभयो । त्यस्तै भोलि नै साताब्यापी कार्यक्रमको पहिलो कार्यक्रम बृहत खुल्ला रक्तदान कार्यक्रम पनि हुदैछ । रक्तदानको लागि पनि आवश्यक सबै तयारी पुरा भएको संयोजक सरोज अधिकारीले जानकारी दिनुभयो । बिहानैबाट सुरु हुने रक्तदान कार्यक्रममा एक सय भन्दा बढि रक्तदाताले रक्तदान गर्ने  उहाँले बताउनुभयो । 

यसबाहेक साताब्यापी कार्यक्रमअन्तर्गत १० गते ट्राफिक जनचेतना कार्यक्रम, ११ गते लोथर १ पर्खाल चितवनमा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम, १२ गते रिलेशन बृद्धबृद्धा अक्षयकोष स्थापनार्थ सहयोग संकलन कार्यक्रम, १३ गते अन्तर बिद्यालय शिक्षकस्तरिय हाजिरिजवाफ प्रतियोगिता, १४ गते खुल्ला गजल प्रतियोगिता र अन्तर कर्मचारी म्युजिकल चियर प्रतियोगिता र १५ गते बार्षिकोत्सव समापन तथा बृहत साँस्कृतिक उत्सव २०७३ कार्यक्रम तय गरिएको छ । एफ एमले गत बर्ष जेठ १५ गतेबाट प्रसारण शुभारम्भ गरेको थियो । 

आज बुद्ध जयन्ती, लुम्बिनीमा विशेष समारोह

Written By Unknown on Friday, May 20, 2016 | 6:59 PM

८ वेशाख, काठमाडौं ।  वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती  बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । सो अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्,भिक्षुहरुको सहभागिता रहने छ ।
नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।
६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा  विश्व प्रसिद्धि भए । ३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गरेको  बौद्ध दर्शनको खोज अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए ।
“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यको उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”– उनले भने ।
यसका साथै बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।  आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।
यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।
हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।
काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिन्छ ।
यसअवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूपको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व समेटिएको बौद्ध महाचैत्य (द ग्रेट बौद्ध स्तूप) पुस्तक सार्वजनिक गरिने भएको छ । बौद्ध धर्मका ञिङमा, शाक्य, गेलुक र काग्यु चारवटै सम्प्रदायका धर्मगुरुलाई बोलाएर ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयमा प्रवचन गरिने समितिका अध्यक्ष लामाले जानकारी दिए ।
बौद्धमा बिहान ७ बजे बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् दिउँसो ३ बजे शोभा यात्रा निकालिनेछ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छामी’ र ‘सङ्घम् शरणम् गच्छामी’ को नारा लगाइन्छ । बेलुकी बौद्ध स्तूप परिसर एवम् बौद्ध क्षेत्रका घरघरमा दीप प्रज्वलन गरिने कार्यक्रम रहेकाे छ ।
Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC